काठमाडौँ, १ जेठ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सन्दर्भ तथा अन्य गरी चारवटा महत्वपूर्ण निर्णय गर्दै तत्काल कार्यान्वयनमा ल्याउन महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।
सिंहदरवार स्थित समितिको कार्यालयमा आज समितिका सभापति निरुदेवी पालको अध्यक्षतामा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणको लागि गैरसरकारी महासंघसँगको समन्वय सम्बन्धमा सचिव–महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय, प्रतिनिधि– समाज कल्याण परिषद्, गैसस महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरुबीच भएको छलफलमा चारवटा महत्वपूर्ण निर्णयहरु गर्दै तत्काल कार्यान्वयनमा लैजान सम्बन्धीत निकायलाई निर्देशन दिएको हो ।












प्रतिक्रिया दिनुहोस्