समाचार

शुक्रबारदेखि लकडाउन थप कडा हुने



काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ ।

गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो ।

उक्त बैठकमा चेकिङ कडा गर्ने, उपत्यका भित्रने/बाहिरिने नाकाहरूमा थप कडाइ गर्ने  भन्ने निष्कर्षमा निकालेको जनाइएको छ । गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ । यसअघि सरकारले खोल्ने भनेका ४२ उद्योगका बारेमा पनि पुनर्विचार गर्न मेयरहरूले बैठकमा आग्रह गरेका थिए ।

नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन् ।