विश्व

अमेरिकामा ३.६ करोड मानिस बेरोजगार



काठमाडौँ, २ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण ३.६ कोरोड मानिस बेरोजगार भएका छन् ।

बीबीसीका अनुसार कोरोना संक्रमणका कारण व्यापार व्यवसाय तथा उद्योग कलकारखाना बन्द हुँदा ३.६ करोड मानिसले रोजगारी गुमाउनु परेको हो ।

अघिल्लो हप्ता अमेरिकामा रोजगारी गुमाउनेको संख्या ३.३ करोड थियो ।