समाचार

आजको मौसम



काठमाडौँ, ३ जेठ । हाल देशमा पश्चिमी  न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको र आज दिउँसो भने देशको पूर्वी  भाग र मध्य पहाडी  भागमा सामान्य  बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी  भागमा सामान्यतया मौसम सफा रहने छ ।

यस्तै, आज दिउँसो नै पूर्वी  भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी  भागमा सामान्य  बदली,  मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।