समाचार

वडा सदस्यको निधन



काठमाडौँ, ४ जेठ । महाशीला गाउँपालिका वडा नं ४ पाखापानीका वडा सदस्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा सदस्य तेजबहादुर गुरुङको आज निधन भएको हो ।

उनको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मृत्यु भएको हो । ५९ वर्षीय गुरुङ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

गुरुङको आइतबार परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ । यसैबीच गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । गाउँ कार्यपालिकाको बैठकले मृतक गुरुङप्रति शोक प्रस्ताव पारित गरेको हो ।

साथै आइतबार सबै वडा कार्यालयमा शोक बिदा दिने निर्णयसमेत गरेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । रासस