झापा, ४ जेठ । भारतीय नागरिकहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेर रोकेको छ ।
नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई सशस्त्र प्रहरीले हवाई शनिवार साझ फायर गरेर रोकेको हो ।
उनीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मी माथि नै आक्रमणको प्रयास भएपछि हवाई फायर गर्नुपरेको हो । हवाई फायरपछि उनीहरु भारत तर्फनै फर्केका छन् ।सशस्त्र प्रहरी स्रोतका अनुसार पिलर नम्बर १२५/१० रहेको स्थानबाट १ सय ५० भारतीयहरू जबररजस्ती नेपाल प्रवेश गर्न खोजेका थिए ।










प्रतिक्रिया दिनुहोस्