समाचार

आजको मौसम



काठमाडौँ, ५ जेठ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने आंशिक बदली भइरहेको छ ।

आज दिउँसो पहाडी भागहरुमा आंशिक बदली हुने र अरु बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । भने अपरान्हपछि भने पहाडी भागमा एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, राति देशको पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।