विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो



काठमाडौँ, ५ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको ३ हजार २५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

हिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार ६९८ पुगेको छ । जसमा आइतबार मात्र ५ हजार ५० नयाँ संक्रमित फेला परेका छन् ।

आइतबार मात्र कोरोना संक्रमणबाट १५४ को ज्यान गएको छ । शनिबार ११८ को ज्यान गएको थियो भने शुक्रबार त्यहाँ १०४ जनाको मृत्यु भएको थियो ।

संक्रमितमध्ये भारतमा ३६ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।