राजनीति

साउदीमा कर्फ्यु, भेटघाट नगर्न दूतावासको आग्रह



काठमाडौँ, ५ जेठ । मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ ।

साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना  नियन्त्रण गर्ने उद्देश्यले मे २३  देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो ।

कर्फ्येु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ । श्रमिकहरुको आवास क्षेत्रमा कोरोना सङ्क्रमण बढी फैलिएको पाइएकोले गएका वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दूतावासले सबैलाई सूचित गरेको छ ।