सुनसरी, ६ जेठ । जिल्लाको गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष कोरोना भाइरसद्वारा संक्रमित पाइएका छन् ।
भारतबाट फर्किएका ती पुरुष गाउँपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा बसेका थिए । भारतको जोगबनी हुँदै बैशाख ३० गते फर्किएका २८ वर्षीय पुरुष त्यसयता क्वारेन्टाइमै रहेको बताइएको छ । परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ पाइएको हो ।
संक्रमित पुरुष सुरुवाती अवस्थाबाटै क्वारेन्टाइनमा रहेकाले अन्यले आत्तिनु पर्ने अवस्था भने नरहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्