समाचार

अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु



रोल्पा, ६ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ ।

रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीका अनुसार रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको हो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।

ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले बताए ।