काठमाडौँ, ६ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।
सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिए ।
विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ ।
उनले भने,’हामीले कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,’ संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो ।
अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्