काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुले उठाउनुभएको कुराहरुलाई औचित्यको आधारमा बजेटमा समावेश गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट कसैले ज्यान गुमाउनु नपरोस् भनि सरकारले दृढता लिएता पनि विविध समस्याका बाबजुत केही मात्रामा सफल हुन नसके उल्लेख गर्दै उच्च सतर्कताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । परिक्षण तथा क्वारेन्टाइनको व्यवस्थापन र आइसोलेसनको व्यवस्था गर्दै राम्रो उपचारको व्यवस्थापनमा सरकारको विशेष ध्यान गएको उहाँले बताउनुभयो ।
कोरोनाको संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु भएको, ३६ जना निकोे भएको, तीन सय ७७ जनामा संक्रमण भएको जानकारी गराउँदै उहाँले वाहिरवाट आउने व्यक्तिहरुबाट कोरोना संक्रमणले तिव्रता लिँदै गएको बताउनुभयो । बाहिरबाट आउनेलाई नै विशेष ध्यान दिनुपर्ने भएकाले भारतबाट आउने नागरिकबाट नेपालको अवस्था गम्भीर हुँदै गएको बताउँदै त्यस प्रति सजगता अपनाउनु जरुरी रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्