राजनीति

भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याएरै छाड्छु : प्रम ओली



काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको सवै भूमि फिर्ता ल्याएरै छोड्ने उद्घोष गर्नुभएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधिसभाको बैठकमा आज आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्रको भूमि कुनै पनि हालतमा फिर्ता गराएरै छोड्न बताउनुभयो । कुटनीतिक पहलको माध्यमबाट नै आफ्नो भूमि फिर्ता ल्याउने उल्लेख गर्दै उहाँले नेपालले आफ्नो भूमि सहितको नयाँ नक्सा मन्त्रीपरिषद्ले स्वीकृत दिइसकेकाले अब निर्णायक वार्ता भई समस्या दिर्घकालिन रुपमा समाधान हुने स्पष्ट पार्नुभयो ।

नक्सामा राख्ने मात्र नभई नेपाली भूमि फिर्ताको साथ नेपाली भूमि कब्जा गरेर राखिएका सैनिकहरु पनि फिर्ता पठाउने स्पष्ट पार्नुभयो । उहाँले भारतलाई कुटनैतिक नोट पठाई वार्ता र छलफलको प्रकृया समेत अघि बढाइसकेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले भारतको लोगोमा सिंहको मुनी सत्यमेवजयते लेखेको छ त्यो के हो ? म भारतलाई सोध्ने समेत बताउनुभयो । उहाँले सिंहको विजय नभई सत्यको जीत हुनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।