राजनीति

पूर्वराजा ज्ञानेन्द्रद्वारा सरकारको उच्च प्रशंसा



काठमाडौँ, ८ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताउनुभएको उल्लेख गर्दै सरकारको प्रशंसा गर्नुभएको छ ।

सरकारले अतिक्रमित लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको नयाँ राजनीति तथा प्रशासनीक नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको पनि उल्लेख गर्नुभएको छ ।

ट्वीट गर्दै उहाँले लेख्नुभएको छ, ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो । नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो । यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ ।’