राजनीति

अध्यक्ष थापाको चेतावनी : भारतको दवावबाट नेपाल झुक्दैन



काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको दवाव थता प्रभावबाट नेपाल नझुक्ने चेतावनी दिनुभएको छ ।

समाजिक सञ्जाल ट्वीटरमार्फत सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै आएको पनि बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन । सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तार गर्दै आएको हो ।’

अध्यक्ष थापाले अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै विरोध पनि जनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबीच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने, बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो ।’

अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि थापाले त्यहाँका मिडियाले ‘पित पत्रकारिता’गरेको भन्दै विरोध गर्नुभएको छ । बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेको छ ।