भक्तपुर, १० जेठ । शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित भक्तपुर नगरपालिकाको महिला सदस्य रहेको खुलेको छ ।
भक्तपुर नगरपालिकाले जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको र उनलाई शुक्रबार राति नै पाटन अस्पताल पुर्याएको साथै परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ । भक्तपुरको टुमुचो दुगुरेमा बस्दै आएका ती महिलाको घर सिल गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्