काठमाडौँ, १० जेठ । कोरोना भाइरस (कोभिड– १९) अमेरिकामा शुक्रबार मात्र २४ हजार १९७ नयाँ संक्रमित थपिएका छन् भने १ हजार २९३ जनाको ज्यान गएको छ ।
वर्ल्डोमिटर्सका अनुसार अहिलेसम्म १६ लाख ४५ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने ९७ हजार ६४७ मानिसले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा शुक्रबार एकै दिन २० हजारभन्दा बढी मानिसमा थप कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । यसअघि यससँगै ब्राजिल विश्वमा कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा आएको छ भने त्यहाँ हालसम्म संक्रमित संख्या ३ लाख ३२ हजार ३८२ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्