Banner News

संविधान संशोधनबारे काँग्रेस र जसपाबीचको छलफल सम्पन्न



काठमाडौँ, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल ९जसपा०बीच सरकारले गर्न लागेको संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।

आज काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दुई पार्टीबीच भएको छलफलमा संविधान संशोधनको बारेमा थप छलफल गरी अघि बढ्ने समझदारी भएको हो । जसपा नेपालका नेताहरु संविधान संशोधन लगायतका विषयमा छलफल गर्न आएपनि र छलफल टुंगोमा पुगि नसकेको बताइएको छ ।

सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसलाई आधिकारिकता दिन संविधान संशोधन गर्न लागेको छ । त्यसमै अन्य विषय समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले काँग्रेसलाई आग्रह गरेको थियो । जवाफमा काँग्रेसले यस विषयमा आ(आफ्नो बैठकमा छलफल गर्ने र पुनः बैठक बसेर थप निर्णय गर्ने दुई दलबीच सहमति भएको बताइएको छ