काठमाडौँ, ११ जेठ । काठमाडौँको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
आज बिहान साढे ५ बजे सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्