समाचार

काठमाडौँका तीन कोरोना संक्रमित : एक व्यापारी, एक ज्योतिष र अर्का एक बिरामी बोक्ने चालक



काठमाडौँ, १२ जेठ । काठमाडौँमा तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमा पसल गर्ने व्यापारी, अर्का एकजना ज्यातिष र अर्का व्यक्ति बिरामी बोक्ने गाडीका चालक रहेको बुझिएको छ ।

काठमाडौँको टोखा नगरपालिका–३ र ६ मा २ जना बूढानिलकण्ठ नगरपालिका–३ मा एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु २७, ४१ र ३७ वर्षका भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आजमात्रै थप ७२ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो । एक प्रहरी अधिकारीका अनुसार काठमाडौंमा देखिएका तीन संक्रमितमध्ये एकजना पसल सञ्चालक, ज्योतिष र अर्का एकजना बिरामी बोक्ने गाडीका चालक हुन् । एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा नगरपालिकाकै आग्रहमा उनले गाडीमा बिरामी ओसार्दै आएका थिए ।