Banner News

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सम्बोधनअघि आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । बैठक नियमित एजेण्डाहरुमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।