Banner News

थप ६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६८१ पुग्यो



काठमाडौँ, १२ जेठ । थप ६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६८१ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरुषमा, त्यस्तै बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पनि सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।

अहिलेसम्म १ सय १२ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै मृत्यु हुनको संख्या  भने ४ जना रहेको  मन्त्रालयले जनाएको छ ।