काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै देशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकार उद्दार गर्ने बताउनुभएको छ ।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका नेपाली नागरिकलाई फर्काउन विशेष योजना बनाइरहेको बताउनुभयो ।
नियमलाई पालना नगरि भारतबाट फर्कने कार्य भइरहको प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको विशेष रणनीतिका कारण कोरोनाका कारण नेपालमा ठूलो क्षती हुन नपाएको बताउनुभयो ।
मुलुकमा आगामी दिनमा आउने समस्या प्रति सरकार सचेत रहेको उल्लेख गर्दै कृषी, पर्यटन, उद्योगलगायतको विकास र विस्तार गर्दै मुलुकको आर्थिक उन्नतीको बोटा अघि बढाउने सरकारले योजनाहरु तिव्र गतिका साथ अघि बढाइरहेको जानकारी गराउनुभयो ।
साना तथा ठूला विकासका आयोजनाहरु निर्माणको कार्य तिव्र गतिका साथ अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई थप व्यवस्थतीत गर्दै लैजाने समेत प्रतिवद्धता जनाउनुभयो । आयात तथा निर्यातलाई सहजता प्रदान गर्ने उल्लेख गर्दै व्यवसायलाई विशेष प्याकेजको घोषणा गरी आर्थिक सुधारको बाटोमा सरकार अघि बढिसरहेको जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्