काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आम नागरिकलाई पाँच वटा महत्वपूर्ण सुझाव दिनुभएको छ ।
राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले कुनै पनि प्रकारको उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्तामा कटौती नहुने समेत स्पष्ट पार्नुभएको छ । त्यस्तै विश्वका कुनै पनि देशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले विशेष योजना बनाई उद्दारको प्रकृयामा रहेको जानकारी गराउनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्नुभएको छ ।
– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।
– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।










प्रतिक्रिया दिनुहोस्