काठमाडौँ, १३ जेठ । आज नेपालमा थप ९० कोरोना संक्रमित थपिएका छन् । योसगै कोरोना संक्रमित संख्या ७७२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै डिस्चार्ज हुनेको संख्या १५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ जनाको मृत्यु भएको छ।










प्रतिक्रिया दिनुहोस्