काठमाडौँ, १४ जेठ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या साढे तीन लाख नाघेको छ ।
कोरोना भाइरसले अहिलेसम्म तीन लाख ५१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वका २ सय १३ वटा देशमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै धेरैमा सङ्क्रमण भएको छ ।
सङ्क्रमितमध्ये २४ लाख २६ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने चार हजार भन्दा धेरैको ज्यान गएको छ ।










प्रतिक्रिया दिनुहोस्