राजनीति

राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने



काठमाडौँ, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनको प्रयोजनका लागि संसद्‍मा पेस भएको विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले संविधान संशोधनको प्रयोजनका लागि संसद्‍मा पेस भएको विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

राप्रपाका केन्द्रीय सचिवालय प्रमखुद्वय धुव्रबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार राप्रपाका त्रय अध्यक्षहरुको आज बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसद्‍मा पेस भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ  ।