विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो



काठमाडौँ, १५ जेठ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । महामारीका रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या एक लाख ४७ पुगेकाे बीबीसीले जनाएको छ ।

त्यस्तै संक्रमितको संख्या भने १७ लाख नाघिसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २० हजार ४३२ संक्रमित थपिएका छन् । अमेरिकामा हाल १७ हजार १६४ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा १ लाख ४७ हजारको कोरोनाका काराण ज्यान जान सक्ने बताउँदै आएका थिए ।

१ लाखको ज्यान गइसके पनि अझै कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।