Banner News

थप १५६ जनामा संक्रमण, संक्रमितको संख्या एक हजार नाग्यो



काठमाडौँ, १५ जेठ । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ ।

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । नेपालमा ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।