काठमाडौँ, १५ जेठ । सरकारले एक प्रदेश एक ठूला पर्यटकीय क्षेत्रको विकास गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने क्रममा उक्त कार्यको लागि रु १ अर्व २६ करोड रकम व्यवस्था गरेको जानकारी गराउनुभयो ।
त्यस्तै पर्यटकीय क्षेत्र नै नेपालको आर्थिक वृद्धिदरको मेरुदण्ड भएकाले माध्यमिक भन्दा माथिको पाठ्यक्रममा पर्यटनको बारे समावेश गर्ने व्यवस्था गरेको जानकारी गराउनुभयो । त्यस्तै सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई नेपालका मुख्य मुख्य पर्यटकीय क्षेत्रको भ्रमणमा प्रोत्साहन गर्ने समेत भएको छ ।










प्रतिक्रिया दिनुहोस्