काठमाडौ १५ जेठ । काठमाडौँ, उपत्यकाको सन्दरतालाई कुरुप बनाएको विद्युततारलाई भूमिगत गर्ने कार्य काठमाडौँबाट शुरु गरिएकोमा आगामी आर्थिक वर्ष भक्तपुर, ललितपुर तथा चितवनमा हुने भएको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्ने क्रममा काठमाडौँबाट शुरु गरिएको विद्युत तार भुमिगत गर्ने कार्य आगामी वर्ष भक्तपुर, ललितपुर तथा चितवनमा गर्न बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
त्यस्तै काठमाडौँ उपत्यकामा निर्माणको क्रममा रहेको चारवटा स्मार्ट सीटीको निर्माण कार्य आगामी आर्थिक वर्षबाट शुरु हुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्