Banner News

सगरमाथा प्रकृतिको अनुपम उपहार मात्र नभई पवित्र आमाका रूपमा पूजित : मन्त्री भट्टराई



काठमाडौँ, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले । सगरमाथा प्रकृतिको एक अनुपम उपहार मात्र नभई पवित्र आमा (Holy Mother) का रूपमा पनि पूजित रहेको हुनाले पवित्र शिखर हाम्रो पर्यटन क्षेत्रको पुनरूत्थान एवम् उत्थानशीलताको प्रेरणाको स्रोत रहेको बताउनुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारणले यस वर्षको वसन्त ऋतुका लागि पर्वतारोहणका सबै कार्यक्रमहरू बन्द भएका छन् हाम्रो पर्यटन पूर्ववत् अवस्थामा फर्किनेछ र आरोहीहरूको खुसी पनि छिट्टै फर्कनेमा आफु विश्वस्त रहेको मन्त्री भट्टराईले उल्लेख गर्नुभएको छ । १३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले नेपाल आगामी दिनहरूमा विश्वको एक आकर्षक गन्तव्यको रूपमा सदाझैँ रहने विश्वास व्यक्त गर्नुभएको छ ।