राजनीति

बाख्राको हेरचाह गर्न बाघ चौकिदार राख्ने नीति नियोजित छ : सहसंयोजक तामाङ



काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयाजक रञ्जित तामाङले सरकारले प्रस्तुत गरेको बजेटको बुँदा नं. १६६ सच्याउनुपर्ने माग गर्दै शैक्षिक क्षेत्रमा बाख्राको हेरचार गर्न बाघको चौकिदार राख्ने नीति नियोजित भएको बताउनुभएको छ ।

सरकारले प्रस्तुत गरेको बजेटको बुँदा नं. १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नीजि विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पुर्वाधार सामाग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनु पर्ने भनी उल्लेख गरेको छ । सोही प्रशंगलाई कडा रुपमा आपत्ती जनाउँदै सहसंयोजक तामाङले सिंहदरवारमा रहेका शैक्षिक माफियाहरु सँगको अबको लडाई हुने समेत चेतावनी दिनुभएको छ । सरकारले नीजि विद्यालयको उत्तरदायित्व लिनुपर्नेमा समयमा उल्टै नीजि विदालयलाई उत्तरदायित्व हस्तान्तरण गर्ने नीति आउनु आम नेपाली विद्यार्थीको भाग्य र भाविष्यमा अन्धकार पर्ने प्रसाय भएको प्रति संकेत समेत उहाँले गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘बजेटको १६६ नं। बुदा कुनै पनि मुल्यमा सच्याईनु पर्दछ । बाख्राको हेरचाह गर्न बाघ चौकिदार राख्ने निति नियोजित छ । अबको लडाई सिंहदरवारमा रहेका शैक्षिक माफियाहरु संग हुने छ ।’