समाचार

आजको मौसम



काठमाडौँ, १७ जेठ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिनभरी नै देशका धेरै ठाउँको मौमस सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र न्यूनचापीय रेखासँगै स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको महाशाखाले जनाएको छ ।

त्यस्तै आज मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने मनसुन प्रवेशका लागि ९० प्रतिशत भूमिका बंगालको खाडीको हुने महाशाखाको भनाई छ ।