दाङ, १७ जेठ । तुलसीपुरमा एक युवकको हत्या भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निवासी २८ वर्षीय मन्दिप भुजेलको गएराति हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेलको आज बिहान शव फेला परेको हो ।
मृत अवस्थामा भुजेलको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्