भक्तपुर, १७ जेठ । भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अबस्थामा सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्