समाचार

आजको राशिफल



आज २०७७ साल जेठ १९ गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष दशमी, गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति

मेष (चुचेचोलालिलुलेलोअ)

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृष (इवाविवुवेवो)

न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन (काकिकुकेकोहा)

आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । साँझमा अनवास्यक खर्च बढ्न सक्छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त संग पुनर्मिलनको योग रहेको छ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

कन्या (टोपापिपुपेपो)

आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला (रारिरुरेरोतातितुते)

सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्ने र पारिवारिक जमघट रहला ।

धनु (येयोभाभिभुधाफाढाभे)

मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ ।

मीन (दिदुदेदोचाचि)

विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्ला । जोश,जाँगर र हिम्मत बढ्नेछ । निर्माणको कार्य भने अघि बढ्नेछ ।

साभारः हाम्रो पात्रोबाट