समाचार

आजको मौसम



काठमाडौँ, १९ जेठ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ भने नेपालका पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका प्रदेश ५, गण्डकी, बाग्मती प्रदेशका केही भूभागमा भने वर्षा भइरहेको छ । आज दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ । यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागहरुका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति देशको पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम  सामान्यतया सफा रहने पूर्वानमान गरिएको छ ।