नेपालगञ्ज, १९ जेठ । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङतर्फ गइरहेको यात्रुबाहक बस दु’र्घटना हुदा ११ जनाको मुत्यु भएको बताइएकाे छ भने २२ जना गम्भीर घाइते भएका छन् ।
ना ५ ख ५९९५ नम्बरको साे यात्रुबाहक मिनीबस आइतबार राति राप्तीसोनारी–२ स्थित राजमार्गमा राेकिराखेकाे बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किएकाे थियाे । अहिले घाइतेहरूकाे नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भैरहेकाे अस्पताल श्राेतले जनाएकाे छ । थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्