समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन



काठमाडौँ, १९ जेठ । बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए ।

 उक्त दुर्घटनामा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई छुट्याउने क्रम सुरु गरि उनीहरु सबैको कोरोना परीक्षण गरिने भएको छ भने उद्धारमा प्रयोग गरिएका प्रहरीका गाडीमा पनि स्यानीटाइजर प्रयोग गरिएको छ ।