काठमाडौँ, २१ जेठ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट एक/एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडाैँ पठाउँने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्