अर्थ

एन आई सी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज



काठमाडौँ, २२ जेठ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनुहुने महानुभावहरूको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको संख्यामा उल्लेख्य वृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहक महानुभावहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको हो । सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहक महानुभावले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्न सकिनेछ । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहक महानुभावले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सकिनेछ । साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ । विदेशमा रहनुभएका महानुभावहरूले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सकिनेछ । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नुहुनेछ तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ । तसर्थ, अब ग्राहक महानुभावहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

यसरी अनलाईन खाता खोल्नुभएका ग्राहक महानुभावहरूले लकडाउन अवधीसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्नुहुनेछ । यसैगरी यस लकडाउनको अवधिमा ग्राहक महानुभावहरुले घरमै बसी आफुलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट/क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाईन स्टोरहरुबाट खरिद गर्दा १०% वा रु. ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सक्नुहुन्छ । अनलाईन खाता खोली मोबाईल बैंकिङ्ग वा बैंकको कार्डहरु मार्फत भुक्तानी गर्दा ग्राहक महानुभावहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहक महानुभावलाई रु. २१ लाखसम्मको बिमा सुविधा पनि प्रदान गरिनेछ र सो बिमा सेवा वापत लाग्ने बिमा शुल्क बैंक आफैले भुक्तानी गर्नेछ । यी विभिन्न सुविधाहरुको विस्तृत जानकारी बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ ।