समाचार

सूर्यविनायक नपामा क्वारेन्टाइनको तीन मोडालिटी,सात जना बस्दै



भक्तपुर, २२ जेठ । विदेशबाट आएका आफ्ना नागरिकहरुलाई १४ दिन सम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने सूर्यविनायक नगरपालिकाले व्यवस्थापन गरेको छ । राज्यको नीति अनुुसार विदेशबाट घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले उनीहरुलाई राख्ने नगरपालिकाले व्यवस्थापन गरेको हो ।

नगरपालिकाका मेयर बासुदेव थापाका अनुसार त्यसरी घर फर्किएकाहरुलाई आफूले तीन मोडालिटीमा विभाजित गरी राख्ने व्यवस्थापन गर्न लागेको हो । नगरपालिका आफैले खर्च व्यर्होनेगरी नगरपालिकाको वडा नं १० को वासघारीमा अवस्थित युवा व्यवसायी एंवम समाजसेवी रोमन शिलाकारको गोदामघरमा राखिने भएको छ । त्यहाँ बस्नेहरुलार्ई खान बस्नेको प्रबन्ध गरिएको छ । त्यसैगरी विदेशबाट आएकाहरु जो व्यक्ति स्वयमको खर्चमा बस्न चाहानेहरुका लागि होटलहरुको समेत व्यवस्थापन गरिएको छ ।

त्यति मात्रै होइन, उनीहरुको घरमा क्वारेन्टाइन राख्नका लागि योग्य छ कि छैन भन्ने अवस्था हरेर होम क्वारेन्टाइनको पनि व्यवस्थापन गरिने भएको छ ।अरनिको हाईवे जगाती देखी साँगासम्मको होटलहरुलाई क्वारेन्टाइन बनाउने कुरामा समेत व्यवसारीहरुबीच यस अघि नै छलफल भएको भैसकेको छ । छलफलमा अरनिको होटल पर्यटन प्रर्वधन संघका पदाधिकारीहरु, नगरपालिकाका प्रतिनिधिहरु र सूरक्षाकमीहरु बीच भएको थियो ।संघका अध्यक्ष विनोद केसीले आफू होटलमा क्वारेन्टाइनको व्यवस्थापनमा सहमत भएको यस अघि नै जानकारी गराईसक्नु भएको छ ।
यसैबीच हिजोबाट भारतबाट आएका सात जना सो गोदामघरमा बस्दै आएका छन् । उनीहरु नगरपालिकाको ८ नम्वर वडाका बासीन्दा रहेको सो वडाका अध्यक्ष किरण थापाले जानकारी गराउनु भयो । क्वारेन्टाइन निर्मााणका लागि सूर्यविनायकको वीरदल गण र जगातीको प्रहरी वृतको सूरक्षाकर्मीहरु खट्नु भएको थियो ।
सो ठाउँमा क्वारेन्टाइन व्यवस्थापन गर्नका लागि नगरपालिकाले १० लाख रुपियाको बजेट विनियोजन समेत गरीसकेको छ ।
उहाँले संघसंग आवद्ध होटलहरुको कुल क्षमता २१० वेड संख्या रहेको वताउनु भयो । केही दिन अघि सो गोदामघरको माननीय महेश बस्नेत, मेयर बासुदेव थापा बीरदल गणका कर्णेल शिव प्रसाद पौडेल, एसपी सविन प्रधान र ८,९ र १० वडाका अध्यक्षहरु लगातले अवलोकन गर्नुभएको थियो ।