काठमाडौ,२३ जेठ । लामो समयसम्म विकासमा पछि परेको मात्र नभई मुलुक भ्रष्टाचार, अनियमितता, वेतिथिलगायतको जडमा रहेको नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेसँगै आम नेपाली जनताको विकास र समृद्धि प्रतिको चाहना हरेक दिन कम्तिमा एउटा विकासका योजनाहरु अघि बढाउने लक्ष्यका साथ दैनिक जसो विकास निर्माणका कामहरु भइरहेका छन् ।
दैनिक एक कमद अगाडी बढ्ने लक्ष्यका साथ अघि बढ्नुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानले सार्थकता पाउने देखिएको छ । साना ठूला गरी हजारौं विकासका आयोजनाहरु दिनप्रतिदिन अघि बढिरहका छन् । यसै सन्दर्भमा प्रधामनमन्त्री ओलीको नेतृत्वमा भएका महत्वपूर्ण ५० वटा आयोजनाहरु प्रस्तुत गरिएको छ ।
यस्तो छ प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरिरहेका ५० महत्वपूर्ण कार्यहरु
१,भारतीय नाकाबन्दी विरुद्ध ड्टेर लड्नु ।
२,चीन सङ यातायात तथा पारबोहन सम्झौता गर्नु ।
३, नेपालको मिचियेको भुमी सहित नक्सा प्रकाशित गर्न लाग्नु ।
४ तराइका सदरमुकाम जोड्ने सडक ४ लेनमा बिस्तार गरिदै छ ।
५, पुर्व पश्चिम राजमार्ग ४ लेनको बनाउन काम शुरु भएको छ ।
६, रुग्ण बिधुत आयोजनाहरु प्रम आफैले निगरानी गरेर द्रुत निर्माण सम्पन्न गरिएको ।
७, भेरी बबइ सिंचाइ आयोजनाको सुरुङ समय भन्दा अघि सम्पन्न भएको छ ।
८, सुनकोशी – मरिन डाइभर्सन ९सिंचाइ र बिद्युत० आयोजनाको बजेट सुनिश्चित गरिएको छ ।
९, मध्य पहाडी, मदन भन्डारी लोकमार्ग द्रुत गतिमा निर्माण हुदैछ ।
१०, हुलाकी राजनार्ग र पुर्व पश्चिम रेलमार्ग निर्माणाधिन छ ।
११,पोखरा र भैरहवा क्षेत्रिय बिमानस्थल द्रुत गतिमा निर्माण हुदैछ ।
१२, मुलुकका ३ दर्जन आन्तरिक बिमानस्थल स्तरोन्नति गरिएको छ, आधा दर्जन बिमानस्थलमा रात्री उडान हुने भएको छ ।
१३, काठमान्डौ तराइ फास्ट ट्रयाक द्रुत निर्माण भैरहेको छ ।
१४, आधा दर्जन स्टोरेज प्रणालीको बिद्युत आयोजना निर्माण सुनिश्चित गरिएको छ ।
१५, ६ हजार मेगावाट बिद्धुत उत्पादनको चरणमा छन ।
१६, अबको २ बर्षमा नेपाल बिद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित हुदैछ ।
१७, चीन संग ७ वटा बन्दरगाह प्रयोग गर्न मिल्ने सम्झौता भएको छ ।
१८, चीनसंग जोड्ने ६ वटा नाका निर्माण अघि बढाइएको छ ।
१९, चीन नेपाल जोड्ने रेल्वेको अध्ययन सम्झौता भएको छ ।
२०, भारत नेपाल जोड्ने रेल्नेको डिपिआर तयार गर्न भारतसंग सम्झौता भएको छ ।
२१ ,भारतको जलमार्ग प्रयोग गरेर नेपालको सीमाबाट १०० किमि नजिकसम्म नेपाली जहाजमा समान ढुवानी गर्न सक्ने सम्झौता भएको छ ।
२२, बिद्युत निर्यात गर्न ९००० मेगावाट बिद्युत बेच्न बाङलादेशसंग सहमति भएको छ ।
२३, भारतसंग बिजुली खरिदको पावर ब्याङकको सम्झौता भएको छ ।
२४, सामाजिक शुरक्षा अन्तर्गत जेष्ठ नागरिकलाइ महिनाको ३ हजार र सडकमा बस्ने बृद्ध तथा बालबालीकाको संरक्षण र सुरक्षा ग्यारेन्टी गरिएको छ ।
२५, स्वास्थ्य बिमा देशभरी लाने काम अघि बढ्दैछ ।
२६, काठमान्डौ जोड्ने सुरुङ मार्गको काम शुरु गरिएको छ ।
२७,आधा दर्जन बढी सुरुङ मार्गको डिपिआर सकेर ठेक्का लगाउने चरणमा छ ।
२८, दिनै करिव एक दर्जन भ्रष्टहरुलाइ मुद्दा दायर गरिएको छ ।
२९, सरकारी जग्गा लुट्ने माफियाहरुको छानबिन गरिएको छ । ३०० हेक्टर बढी जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।
३०, सदियौ देखि सुन तस्करी गर्ने ६ दर्जन अपराधिहरुलाइ मुद्दा दर्ता गरिएको छ ।
३१, अख्तियारका सदस्य र प्रमुख सहितलाइ मुद्दा चलाइएको छ ।
३२, संसदका सभामुख, प्रदेश मन्त्री, पुर्व मन्त्री समेतलाइ जेल पठाइएको छ ।
३३, मुलुकमा द्धन् सेवा बिस्तार गरिएको छ। पुर्व पश्चिम फाइबर अप्टिक लाइन बिस्तार गरिएको छ ।
३४, मालपोत लगायत सरकारी सेवामा अनलाइन प्रणाली बिस्तार गरिएको छ र यो क्रममा छ ।
३५, नेपालमा होटल बिस्तार भएको छ ।
३६, प्रमकै सोच अनुसार नेपालका नदीहरुमा पानी जहाज संचालन शुरु भएको छ ।
३७, चिनियाँ राष्ट्रपति सी चिनफिङबाट २५–२६ असोज २०७६ मा भएको नेपाल भ्रमण ओली सरकारको अभूतपूर्व उपलब्धि हो ।
३८, राजनीतिक खिचातानीका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण र धरहराको पुनर्निर्माणले पनि गति लिएको छ । भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्ने श्रेय ओली सरकारलाई नै जान्छ । ढिला भएपनि पुनर्निर्माणको काम सम्पन्न गर्ने चरणमा पुगेको छ ।
३९, पहिलो पेट्रोलीयम पाइपलाइनको उद्घाटनपछि पेट्रोलीयम पदार्थ ढुवानीको दशकौं लामो परम्परागत ढुवानी प्रणालीमा सुधार आएको छ ।
४०, यो सरकार को पालमा हालै मात्र नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी स्थापना गर्ने काम पनि भएको छ ।
४१, दुई देशका प्रधानमन्त्रीले भर्खरै मात्र उद्घाटन गरेको एकीकृत जाँच चौकीले भन्सारमा हुने बेथितिलाई कम गर्न मद्दत पुग्नेछ ।
४२,ओली सरकारले शुरू गरेको अर्को महत्त्वपूर्ण काम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पनि हो ।
४३, ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना चिनिया र नेपाली कम्पनिले संयुक्त रुपमा निर्माण गर्न लाग्नु ।
४४, लिपुलेक को सवाल मा भारतलाई कुटनीतिक नोट थमाउनु,भारतीय राजदुतलाई बोलाएर सिमाबारे सोधपुछ गर्नु,छारूङमा बोर्डर अब्जर्भेसन पोष्ट खडा गर्नु ।
४५, तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गर्ने गरि लाग्नु ।
४६, दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याउनु ।
४७, सबै नेपालीको घरमा खानेपानी पुर्याइने गरि लाग्नु ।
४८, नागढुङ्गा–नौबिसे सुरुङमार्गको ,वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माण थालिनि गर्न लाग्नु ।
४९, सोच्छ नेपाल तथा साक्षर नेपाल बनाउन लाग्नु,युबा हरु लाई कृषि र रोजगारिको उचित ब्यबस्था गर्न लाग्नु र गरिनु ।
५०, स्वदेशमै फलाम उत्पादन शुरू गर्ने गरि लाग्नु गरीब तथा विपन्नलाई निःशुल्क उपचार गर्ने नियम ल्याउनु ।










प्रतिक्रिया दिनुहोस्