समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



झापा, २४ जेठ । करेन्ट लागेर झापामा एक जेसीबी सहचालकको मृत्यु भएको छ ।

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका ४ का २६ वर्षका चित्रबहादुर ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिकमा चलिरहेको जेसीबीलाई बिजुलीको तारले छुन पुगेपछि पन्छ्याउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।