समाचार

नेपाल एअरलाइन्सले लकडाउनभर गर्यो ३४ वटा चार्टर्ड उडान



काठमाडौँ, २४ जेठ । लकडाउन सुरु भएपछि नेपाल वायुसेवा निगमले ३४ वटा चार्टर्ड उडान गरेको छ ।

निगमले २३ वटा अन्तर्राष्ट्रिय र ११ वटा आन्तरिक उडान गरेको हो । अन्तर्राष्ट्रियतर्फ निगमले ९ वटा कार्गो उडान गरेको छ । जसमा ६ वटा ग्वान्झाउमा  र चाङसा, बेइजिङ र कुम्निङमा एक-एक उडान भएका छन् ।

यस्तै निगमले लकडाउनको अवधिमा १४ वटा यात्रुबहाक चार्टर्ड उडान गरेको छ । जसमध्ये ७ वटा जापानमा, ३ वटा हङकङमा, २ वटा अष्ट्रेलियामा तथा ढाका र नयाँ दिल्लीमा एक-एक उडान भएका छन् ।