काठमाडौँ, २५ जेठ । नागार्जुन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणका लागि शनिवार विभिन्न प्रदेशसभाका सदस्यहरुसँग छलफल गरी राय सुझाव लिएको छ ।
आर्थिक वर्ष २०७७÷ ७८ मा कार्यान्वयन हुने नगरपालिकाको नीति, कार्यक्रम र बजेट निर्माणको क्रममा नगरपालिकाभित्रका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल जारी राखेको छ ।
उक्त छलफल कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य र प्रदेशसभाका प्रतिस्पर्धीहरुसँग आवश्यक छलफल गरी राय सुझाव लिएको छ । प्रदेशसभा सदस्यहरुले संघ र प्रदेश सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेट निर्माण गरेसँगै स्थानीय तहको बजेट निर्माण प्रक्रिया अगाडि बढ्ने भन्दै नागार्जुन नगरपालिकाले कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्न सक्ने बजेट निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । कोरोना भाइरले गर्दा विदेशिएका धेरै नेपाली स्वदेश फर्केने क्रम शुरु भएकाले रोजगारी सिर्जना गर्न सक्ने बजेट निर्माण गर्न सुझाव दिनुभयो ।
प्रदेश सभा सदस्यहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकाको साधन र स्रोतका आधारमा प्राप्त सुझावलाई कार्यान्वयन गर्दै जाने बताउनुभयो । सो क्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामागरले नगरपालिकाको आन्तरिक आयको आधार र प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई समेटिएर कार्यान्वयन गर्दै जाने विश्वास दिलाउनुभयो । कार्यक्रमममा नगपालिकाका वडाध्यक्ष र विभिन्न शाखाका प्रमुखरुहरुले आवश्यक सहिजकरण गर्नुभएको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
नगरपालिकाले यसअघि नगरपालिका भित्रका विभिन्न राजनीतिक दल, विज्ञ व्यक्तिहरुसँग राय सुझाव सङ्कलन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्