समाचार

जसले गाउँ पुगेर पनि आँगन टेक्न पाएनन्



काठमाडौँ, २५ जेठ । प्रदेश ५ मा कोरोना संक्रमणबाट अहिलेसम्म चारजनाको ज्यान गएको छ । ती चारैजनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । कोरोनाबाट प्रदेशका बाँके, पाल्पा, अर्घाखाँची र गुल्मीका एक/एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये गुल्मीका एक शिक्षकबाहेक अन्य तीनजना भारतबाट आएका हुन् । कोरोनाबाट सुरक्षित रहने आसमा देश फर्केका तीनजनाले आफ्नो घरको आँगन भने टेक्न पाएनन् ।

तीनजनामध्येका एक हुन अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ का कृष्ण । गएको दसैंमा घर आएका उनी कोजाग्रत पूर्णिमालगत्तै भारत फर्किएका थिए । वैशाखमा १५ दिनको छुट्टी मिलाएर घर फर्कने योजना लकडाउनले सफल भएन । गुजरातको अहमदाबादस्थित एक होटलमा काम गर्ने उनी कोरोना जोखिम बढदै जाँदा बेरोजगार भए। उनलाई केही दिन साहुले पाले, केही दिन उनी आफूसँग भएको पैसाले पालिए ।

बेखर्ची र बेरोजगार भएपछि कयाैं दिन अरुले दिएको आधा पेट खाएर बसे । सडकको बास भयो । भारतमा लकडाउन केही खुकुलो भएपछि अलपत्र परेका नेपाली मिलेर गाडी रिजर्भ गरे । त्यसमा उनी पनि थिए । जेठ ६ गते अहमदाबादबाट हिँडनुअघि उनले पत्नीलाई फोन गरे । ‘हामी यहाँबाट गाडी रिजर्भ गरेर हिँड्दैछौं । चिन्ता नलिनु, चार दिनमा घरै आइपुग्छु,’ पतिसँगको फोनवार्ता उद्धृत गर्दै पत्नी सीताले भनिन्, ‘उहाँले फोनमा त्यसो भनेपछि मेरो मन हल्का भयो । उहाँले घर आउँदैछु भन्दा मलाई संसारै जिते जस्तो भयो ।’ कृष्णकी ७ वर्षकी छोरीले त भेटेका सबैसंग बाबाले चकलेट र जामा ल्याइदिनुहुन्छ भनेर सुनाउँदै हिँडिन् । याे खबर आजको नागरिक दैनिकमा छ ।