समाचार

प्रहरी हिरासतमा रहेका युवकमा कोरोना पोजेटिभ



काठमाडौँ, २५ जेठ । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाका अनुसार जबरजस्तीकरणी मुद्दाका आरोपी रहेका १७ वर्षीय युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको  हो ।